२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साफ यू–२० च्याम्पियनसीपः उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै


सञ्चार डबली
  • आइतबार, भदौ २ २०८१
  • 7.5K
    SHARES

  • images
    साफ यू–२० च्याम्पियनसीपः उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

     

    काठमाडौं । आजदेखि साफ यू–२० च्याम्पियनसीप शुरु हुदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  साफ यू–२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।

    यस अघि दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

    एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।

    साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि एन्फाले समुह चरणका खेलहरु एन्फा क्मप्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ ।

    साफ यू(२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् । जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend