२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 चर्चित कमेडि ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा


सञ्चार डबली
  • शुक्रबार, साउन ३२ २०८१
  • 8.8K
    SHARES

  • images
     चर्चित कमेडि ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा

     

    काठमाडौँ । भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो ।

    कमेडियन कपिल शर्माले आफ्नो शो 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले आफ्ना फ्यानहरूलाई उत्साहित बनाएको छ । कपिल शर्माले इन्स्टाग्राममा पोष्ट शेयर गर्दै फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।

    पहिलो सिजन सकिएको दुई महिनापछि दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । नेटफ्लिक्सले साझा गरेको भिडियोमा पहिलो सिजनका यादगार क्षणहरू देखाइएको छ । 

    यस शो को पहिलो सिजनको औसत प्रतिक्रिया आएको थियो । पहिलो सिजनमा नेटफ्लिक्समा १३ भाग प्रशारण गरिएको थियो । यस अघि टेलिभिजनमा प्रशारण हुने कपिलको शो नेटफ्लिक्समा प्रशारण भएपछि अलि सिमित दर्शकले मात्र हेरेका कारण पहिलो जस्तो लोकप्रियता पाउन नसकेको बताइएको थियो ।

    ‘द ग्रेट इन्डियन कपिल शो’ मा कपिल शर्मासँगै कृष्णा अभिषेक, किकु शारदा, अर्चना पूरन सिंह र राजीव ठाकुर पनि छन् । शोको पहिलो सिजनमा आमिर खान, रणवीर कपूरसँगै उनकी आमा नीतु कपूर र बहिनी रिद्धिमा साहनी, कार्तिक आर्यन, दिलजीत दोसांझ र परिणीति चोपडालगायत अन्य धेरै स्टार अतिथिका रूपमा आएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend