२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हसिनाले हटाईदिएकी थिइन हिन्दी फिल्ममाथिको ५१ बर्ष लामाे प्रतिबन्ध, बंगलादेशमा रिलिज हुने पहिलो हिन्दी फिल्म ‘पठान’


सञ्चार डबली
  • मंगलबार, साउन २९ २०८१
  • 8.3K
    SHARES

  • images
    हसिनाले हटाईदिएकी थिइन हिन्दी फिल्ममाथिको ५१ बर्ष लामाे प्रतिबन्ध, बंगलादेशमा रिलिज हुने पहिलो हिन्दी फिल्म ‘पठान’


    काठमाडौं । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ । शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।

     शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन् किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ ५१ वर्ष लामो प्रतिबन्ध पछि बंगलादेशमा रिलिज भएको पहिलो हिन्दी फिल्म हो ।

     बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको चलचित्र राजधानी ढाका हो। भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०–१०० फिल्म बन्छन् ।

     ९० को दशकमा हरेक बंगलादेशी फिल्महिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि चलचित्रकर्मीले पनि अश्लील चलचित्रको सहारा लिएका थिए, जसका कारण चलचित्र क्षेत्र सिमान्तमा परेको थियो र त्यसबाट हालसम्म पनि उम्कन सकेको छैन् ।

     बंगलादेशमा एक हजारभन्दा बढी थिएटर बन्द 

     स्वतन्त्रता पछि  बंगलादेश सरकारले १९७१ मा निर्णय गर्यो– कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने। स्थानीय चलचित्रलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो तर यो निर्णय उल्टो भयो ।

     सन ८०–९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका चलचित्र बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन चलेको थियो । लगभग हरेक फिल्म हिन्दी फिल्मबाट नक्कल गरेर बनाइएको थियो। निर्माताहरू केवल बंगाली फिल्महरू थिएटरहरूमा चलाई रहन चाहन्थे।

    मनी कन्ट्रोल रिपोर्टका अनुसार बंगलादेशमा विगत २० वर्षमा एक हजारभन्दा बढी थिएटर बन्द भएका छन् । अधिकांश सिनेमा हल मालिकहरूले आफ्ना थिएटरहरूलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन्। यस्तो अवस्थामा २० साल देखी फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्मातालाई परेको थियो ।

    ९० को दशकमा बंगलादेशमा करिब १५०० सिनेमा हल थिए तर बासी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend