२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोशन शेरचनद्वारा लिखित निबन्धकृति ‘गल्ली संसार’:  उत्तमशान्ति पुरस्कार प्राप्त गर्न सफल 


सञ्चार डबली
  • सोमबार, साउन २१ २०८१
  • 10.3K
    SHARES

  • images
    रोशन शेरचनद्वारा लिखित निबन्धकृति ‘गल्ली संसार’:  उत्तमशान्ति पुरस्कार प्राप्त गर्न सफल 


    काठमाडौं ।  एक दिने समारोहकाबीच रोशन शेरचनद्वारा लिखित निबन्धकृति ‘गल्ली संसार’लाई वि.सं २०८० सालको ’उत्तमशान्ति पुरस्कार’ प्रदान गरिएको छ  । ’उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ द्वारा स्थापित एकलाख राशी र ताम्रपत्रसहितको यो पुरस्कार नेपाली साहित्यमा प्रकाशित गैरआख्यान कृतिमध्ये सर्वश्रेष्ठ कृतिलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ । उक्त पुरस्कार वि.सं २०४४ सालबाट दिन थालिएको हो ।

     विगतमा यस पुरस्कारबाट लैनसिं वांगदेल, अम्बर गुरुङ, कृष्णचन्द्रसिंह प्रधान, जगदीश घिमिरे, मंजुल, परशु प्रधान, नारायण ढकाल, भूपिन, शारदा शर्मा, इल्या भट्टराई, दुर्गा घिमिरे, झमक घिमिरे, प्रदीप नेपाल, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ रोदन, रविन्द्र समीर, देवेन्द्र भट्टराई, कर्ण शाक्य, देवीचन्द्र श्रेष्ठ, निर्मोही व्यास, भीष्म उप्रेती लगायतका श्रष्टाहरू पुरस्कृत भइसकेका छन् । 

    गुठीका सभापति डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको सभापतित्व र वरिष्ठ समालोचक डा.वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्रष्टा रोशन शेरचन र उहाँको कृति ’गल्ली संसार ’बारे लेखक भूपिनले अत्यन्त सारगर्भित मन्तब्य व्यक्त गर्दै यो कृति वैचारिक निबन्धको क्षेत्रमा नेपाली साहित्यको लागि नवीनतम उपलब्धी हो भन्दै भाषा, शिल्प, प्रस्तुति लगायतका कृतिका विविध पक्षबारे चर्चा गरेका थिए । 

    यसअघि स्व.उत्तम कुँवरको व्यक्तित्वबारे देबेन्द्र लोहनीले छोटो चर्चा पनि गरेका थिए । प्रमुख अतिथिको रुपमा मन्तब्य दिँदै समालोचक डा.वासुदेव त्रिपाठीले उत्तम कुँवर र शान्ति कुँवरसित जोडिएका आफ्ना सम्झनाहरू साझा गरेका थिए । उनले आफू रोशन शेरचनको लेखनको निकै प्रशंसक रहेको कुरा पनि मन्तब्यको क्रममा व्यक्त गरेका थिए । 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend