२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जापानमा बिक्री भयो चलचित्र ’मोदीबेनी’, कहिले हुँदैछ रिलिज ?


सञ्चार डबली
  • सोमबार, साउन २१ २०८१
  • 7.4K
    SHARES

  • images
    जापानमा बिक्री भयो चलचित्र ’मोदीबेनी’, कहिले हुँदैछ रिलिज ?


    काठमाडौं। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह–निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए।

    निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले चलचित्रको ’थ्रिलिङ पार्ट’लाई रुचाएका छन्। शुक्रबार र शनिबार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले ’मोदीबेनी’को ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताए। 

    “चलचित्रको ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु। पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ। सोही कुरा दर्शकलाई चित्त बुझेको छ,“ कोइरालाले भने। उनले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए। “दर्शकको प्रतिक्रिया बुझ्दा ’वर्ड अफ माउथ’ले राम्रै काम गर्ने देखिन्छ।“

    चलचित्र रिलिजपछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौंका विभिन्न हल पुगेका थिए। चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा  दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend