२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

समीक्षाको स्वर रहेको फिल्म ‘बुलाकी’ को गीत सार्वजनिक (भिडिओ)


सञ्चार डबली
  • बुधबार, साउन १६ २०८१
  • 14.1K
    SHARES

  • images
    समीक्षाको स्वर रहेको फिल्म ‘बुलाकी’ को गीत सार्वजनिक (भिडिओ)

    साउन ३२ गतेबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ।

    गायिका समीक्षा अधिकारीको स्वरमा ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक गीतले नारीको पीडा र वेदना बोल्छ।

    छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको गीतमा बाबुल गिरीको शब्द÷संगीत छ। एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन्। फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडिओमा सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्का लगायत फिचर्ड छन्।

    पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको छ। फिल्ममा कणार्लीको जारी प्रथाको कथा प्रस्तुत गरिएको छ।

    यस फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन्। स्व. मोती विष्टको प्रस्तुतिमा बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन्।

    यो फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत पनि अभिनयमा छन्। यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ।

    यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो। कम शो पाएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो।

    तर, विभिन्न महोत्सवमा पाएको उत्साहजनक प्रतिक्रिया, दर्शकको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend