२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने


सञ्चार डबली
  • सोमबार, साउन १४ २०८१
  • 7.4K
    SHARES

  • images
    विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने

     

    काठमाडौं । विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने भएको छ । केही समयदेखि चर्चामा रहेको यो फिचर माइक्रोसफ्टले हालै केही सीमित प्रयोगकर्ता माझ सार्वजनिक गरेको हो ।

    विन्डोजले आफ्नो ब्लग मार्फत अहिले यो फिचर विन्डोज इन्साइडर प्रोग्राममा रोल आउट हुन सुरु भएको जनाएको छ । विशेष गरी विन्डोज कम्प्युटरमा आउने फिचरहरू पहिल्यै चलाउन विन्डोज इन्साइडर प्रोग्राम बनाइएको हो ।

    यसमा निस्शुल्क दर्ता भएर परीक्षणमा रहेका र भविष्यमा आउन सक्ने फिचरहरू चलाउन सकिन्छ । यसअघि विन्डोज कम्प्युटरमा भएका फाइलहरूमा पहुँच पाउन यूएसबी केबुलको सहयोग लिनु पर्ने हुन्थ्यो । अब भने विन्डोज ११ का फाइल एक्सप्लोररमा मोबाइलबाटै पहुँच बनाउन सकिने भएको हो ।

    यसको अर्थ प्रयोगकर्ताहरूले मोबाइलबाटै कम्प्युटरमा भएका फाइलहरू सम्पादन गर्न, डिलिट गर्न, नाम पुनर्लेखन गर्न अथवा नयाँ थप्न सक्ने छन् । यद्यपि अहिलेलाई यो फिचर प्रयोग गर्न स्मार्टफोन एन्ड्रोइड ११ अथवा सोभन्दा माथि हुनु पर्छ । त्यस्तै फोनमा लिङ्क टु विन्डोज इन्स्टल गर्नुका साथै तपाईं तपाईं विन्डोज इन्साइर प्रोग्राममा दर्ता समेत भएको हुनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend