२०८१, साउन ७ गते
काठमाण्डौं- पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिका सुस्मा शाही ठकुरीको “दमौलीमा गेट” बोलको गीत सार्वजनिक भएको छ। गीतमा नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन।
आजभन्दा २० औ बर्ष अगाडि दर्शक श्रोताहरुले अत्यधिक मन मनपराउनु भएको घमेश दुलाल र बिमा कुमारी दुराले गाउनु भएको सुपरहिट लोक दोहोरी गीत दमौलीमा गेटूको रिमेक भर्सनमा राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, अ्मृत खाती, सुस्मा शाही ठकुरी, सुनिता बागदास सापकोटा र सीमा थापा क्षेत्रीको सुमधुर आवाज रहेको छ भने चर्चित मोडल लोमश शर्मा र मोडल जुना विश्वकर्माको दमदार नृत्य अभिनय रहेको छ ।
सुस्मा शाही ठकुरीको शब्द र राजेन्द्र कुमार कार्कीको संगितमा रहेको “दमौलीमा गेट” बोलको गीतमा मौसम हिमालीको निर्देशन र उत्सव दाहालको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको रहेको म्युजिक भिडियो सुस्मा शाही ठकुरीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।



