२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

अहिले ५ प्रदेशमा पानी पर्दै, कस्तो रहनेछ सोमवार सम्मको मौसम?


सञ्चार डबली
  • शनिबार, साउन ५ २०८१
  • 8.3K
    SHARES

  • images
    अहिले ५ प्रदेशमा पानी पर्दै, कस्तो रहनेछ सोमवार सम्मको मौसम?

    काठमाडौँ, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मनसुनी वायुको प्रभावस्वरुप यतिबेला देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको छ।

    आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उललेख छ।

    २०८१ साउन ६ गते आइतबार

    दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोसी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    २०८१ साउन ७ गते सोमबार

    दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend