२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१ः उत्कृष्ट खेलाडीहरु पुरस्कृत


सञ्चार डबली
  • सोमबार, असार ३१ २०८१
  • 7.4K
    SHARES

  • images
    भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१ः उत्कृष्ट खेलाडीहरु पुरस्कृत


    काठमाडौं । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् ।

    प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो । कलेजको विद्यार्थी कल्याण तथा इसीए महाशाखाका प्रमुख विष्णुप्रसाद भण्डारी र प्राध्यापक आशिष झाले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरे । 

    प्रतियोगितामा छात्र एकल ब्याडमिन्टनमा विजेता सन्तोष लामा घोषित भए । प्रतियोगितामा फस्ट रनर अप युवराज पोखरेल र सेकेन्ड रनर अप बिपिन सिंह घोषित भए । छात्रा एकल ब्याडमिन्टनमा 

    विजेता निकिता भट्ट रहिन् । पहिलो रनर अप स्मृति पौड्याल र दोस्रो रनर अप आँचल यादव रहे । छात्र डबल ब्याडमिन्टनमा विपिन सिंह र निश्चल बुढाथोकी जोडी प्रथम भए । फस्ट रनर अप मञ्जिल श्रेष्ठ र रविन अधिकारी तथा सेकेन्ड रनर अप सुञ्जन श्रेष्ठ र निकेश केशरी भए । छात्रा डबल ब्याडमिन्टनमा विजेता निकिता भट्ट र अर्चना भट्टराईको जोडी विजयी बने । फस्ट रनर अप सुष्मा भट्टराई र उत्सया आरएल राणा तथा सेकेन्ड रनर अप अस्मा गेलाल र समीक्षा रेग्मी रहे । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend