२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दयाहाङ राईको चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक (भिडिओ)


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 15.8K
    SHARES

  • images
    दयाहाङ राईको चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    काठमाडौं, असार १३ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर अभिनीत फिल्म 'घरज्वाइँ' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ४ मिनेटको ट्रेलरले फिल्मको कथावस्तुबारे संकेत गर्छ।

    दयाहाङले मिरूना पाउनका लागि गरेको संघर्ष, त्यसक्रममा आउने परिस्थिति र सम्बन्धमा आउने उतार–चढावलाई ट्रेलरमा देखाइएको छ।  मगर संस्कार र संस्कृतिको पृष्ठभूमिमा बनेको फिल्मलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन्। 

    फिल्ममा दयाहाङ र मिरूनाका साथमा शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, बुद्दि तामाङ, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय छ। 

    यसमा निर्देशक अनिलसँगै बिनोद खतिवडा र सुवास कोइरालाले मिलेर पटकथा लेखेका हुन्।जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन, कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

    यही असार २८ गतेदेखि फिल्म प्रदर्शनमा आउँदैछ। दयाहाङ र मिरूना फिल्म 'मनसरा' पछि 'घरज्वाइँ' मार्फत एकसाथ दर्शकमाझ आउन लागेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend