२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 7.6K
    SHARES

  • images
    भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

     

    काठमाडौँ ।  किलीयन एम्बाप्पेले आफ्नो पुर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफुले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाएका हुन् । 

    फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत बर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केहि पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ । तर एम्बाप्पेले अहिले भने सो रकम आफुले पाउनुपर्ने दाबि गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ ।

    यस अघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ ।

    हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलर भन्दा बढी रकम लिएको बताइएको छ ।     
        

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend