२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कोपा–अमेरिका फुटबल : पेरुसँग गोलरहित बराबरीमा रोकियो चिली


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 10.3K
    SHARES

  • images
    कोपा–अमेरिका फुटबल : पेरुसँग गोलरहित बराबरीमा रोकियो चिली

    काठमाडौँ , असार  ८ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान खेलिएको खेलमा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ । दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । 

    समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अङ्कसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा आसीन छ ।  

    एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ । एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन । समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो । 

    कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ । प्रतियोगितामा १६ वटा टोली सहभागी छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend