२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित छौं : कप्तान रोहित


सञ्चार डबली
  • शुक्रबार, जेठ ३२ २०८१
  • 13.6K
    SHARES

  • images
     दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित छौं : कप्तान रोहित


    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जाने बताएका छन् ।दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् । 

    उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउदै वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए ।रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताए ।

    आफुहरु दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताउदै सबै खेलाडी उत्साहित रहेको बताए । रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हामीले हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताए । उनले टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित नसकिने बताउदै उनले सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताए ।

    नेपाली फ्यानले नतिजा जस्तो आएपनि समर्थन गरिरहेको बताउदै रोहित आफुहरुले भविष्यमा पनि लगातार समर्थन पाउने विश्वास व्यक्त गरे ।नेपालले समुह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५ः१५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुदै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend