२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 स्वतन्त्रता दिवसमा भिड्दै फिल्म  ‘पुष्पा २’ र ‘वेदा’ 


सञ्चार डबली
  • शनिबार, जेठ २६ २०८१
  • 10.0K
    SHARES

  • images
     स्वतन्त्रता दिवसमा भिड्दै फिल्म  ‘पुष्पा २’ र ‘वेदा’ 


    काठमाडौं । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतिक्षामा छन् ।अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । 

    यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदैछ ।बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगष्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन् ।

     ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगष्ट १५ को स्वतन्त्रता दिवसको दिन ठूलो पर्दामा रिलज हुनेछ । ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’ पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो । जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदैछ’, तरणले ट्वीट गरेका छन् । यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ ।

    स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’ सँग ‘वेदा’को भीडन्त कस्तो होला भनेर दर्शकहरु उत्साहित छन् । अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend