२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फिल्म 'मोदीबेनी' को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, जेठ २५ २०८१
  • 9.1K
    SHARES

  • images
    फिल्म 'मोदीबेनी' को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक

     

    काठमाडौँ । आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ ।फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको फिल्मको चरित्रचित्रण गरेको छ । वर्षालाई पोष्टरमा रिसाएको भावमा प्रस्तुत गरिएको छ भने अमर एक्सनको अवतारमा देखाइएको छ ।

    शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई, सरोज अर्याल, दीलिप केसी, लाबिस, अनामिका लामिछाने लगायतको फिल्ममा अभिनय छ । यस फिल्मबाट रेजिनाले ९ वर्षपछि कमब्याक गरेकी हुन् ।कुशल सम्पादक रहेका कोइरालाको फिल्म निर्देशनमा यो डेभ्यु फिल्म हो । 

    पर्वत जिल्लाको धार्मिक क्षेत्र मानिने मोदीबेनीमा घटेको एउटा अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनाइएको बताइएको छ फिल्ममा आनन्द बिक्रम क्षेत्रीको कथा, पटकथा र संवाद छ ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता दीलिप केसी हुन् भने सह-निर्मातामा हरि श्रेष्ठ छन् । फिल्ममा भरत रेग्मीको सम्पादन रहेको छ भने फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका तथा एफडीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend