२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अर्ना वियरले हरेक छक्काको २० हजार दिने, हरेक विकेटको कति ?


सञ्चार डबली
  • सोमबार, जेठ २१ २०८१
  • 9.3K
    SHARES

  • images
    अर्ना वियरले हरेक छक्काको २० हजार दिने, हरेक विकेटको कति ?

    काठमाडौँ, जेठ २१ । अर्ना वियरले टी-२० विश्वकप खेल्ने नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले टी–२० विश्वकपमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

     

    यस्तै चौकाको थप १० हजार र छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

     

    कम्पनीले घोषणा गरेको उपहार योजना यसप्रकार छ:

    हरेक रनमा = रु.१,०००

    हरेक चौकामा = रु.१०,००० (हरेक रनमा अतिरिक्त)

    हरेक छक्कामा = रु.२०,००० (हरेक रनमा अतिरिक्त)

    हरेक डट बलमा = रु.१,५०० (विकेट तथा अतिरिक्त रन समावेश गरिने छैन)

    हरेक मेडेन ओभरमा = रु.२०,००० (ओभरमा कुनै पनि रन स्कोर नभएको)

    हरेक विकेट लिएमा = रु.२०,०००

     

    हरेक म्याचमा जित्ने कूल रकम खेलाडीहरुबीच बाडिने कम्पनीले जनाएको छ । उक्त रकम बराबरको अर्कौ रकम टीम नेपालको तर्फबाट ARNA ले क्रिकेटको पूर्वाधार विकासको लागि उपलब्ध गराउने उल्लेख गरेको छ ।

    कम्पनीले विगतका खेलहरुमा पनि यसप्रकारले उपहार घोषणा गर्दै आएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend