२०८१, जेठ १७ गते, बिहिबार
ताराखोलाको प्रसिद्ध परम्परागत रुपमा मनाउँदै आएको असारे मेला यस वर्ष पनि मनाईने भएको छ ।
‘‘भौगोलिक तथा जातीय विविधता कला, सास्कृति र खेलकुदको सम्बर्धनमा हाम्रो सहभागिता’’ भन्ने मूल नाराको साथ बिगतका बर्षहरुमा झै यस वर्ष पनि श्री असारे युवा क्लव (AYC) ताराखोला गाउँपालिका ५ तारा बागलुङले आफ्नो १४ औ वार्षिकोत्सव तथा असारे मेला २०८१ असार २४ देखि ३० गते सम्म संचालन गर्ने भएको हो |
वर्षौदेखि जनजाति समुदायको अगुवाइमा मनाइँदै आएको असारे मेला पछिल्लो केहि बर्षदेखि भने मेलालाइ सिंगो ताराखोलाकै मौलिक पहिचान र साझा पर्वको रुपमा सबै जातजातिहरुले सामुहिक रुपमा मिलेर विविध कार्यक्रम सहित मनाउदै आएको असारे युवा क्लवका अध्यक्ष ओम वहादुर रोका मगरले वताउनुभयो ।
मगर समुदायका बासिन्दाले खेतबारीमा अन्नपात रोपिसकेपछि असारे बस्ने चलन रहेकोमा पछि आएर मेलामा परिणत भएको रोकाको भनाई छ । यस मेलामा बुढापाकाहरूले अन्नबाली राम्रो उब्जाउ होस् भनी असारे पूजा गर्ने र मेला बस्ने प्रचलन रहिआएको छ ।

प्रत्येक बर्ष असार महिनाको तेस्रो अथवा चौथो सोमबार र मंगलबार ताराखोला गाउँपालिका वडा न ४ को तारागाउँमा प्रचलन अनुसार पुजाआराधना गरेर मेला मनाउने प्रचलन रहेकोले यस वर्ष पनि आगामि २४ गतेदेखि मेला गरिने असारे युवा क्लवका उपाध्यक्ष नारायण घर्ती मगरले जानकारी दिनुभयो ।
मेलाको आवसरमा विभिन्न सास्कृतिक तथा खेलकुद कार्यक्रमहरु खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला धनुषबाण प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, भाले छुने प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिता संचालान गरिने क्लवका खेल संयोजक याम बहादुर घर्तीले जानकारी दिनुभयो | पुरुष भलिबलमा प्रथम हुनेले नगद रु १ लाख ट्रफि, प्रमाण पत्र र मेडल, द्दितीय हुनेले नगद रु ६० हजार, मेडल, प्रमाण पत्र र हात पार्नेछन् |

खुल्ला महिला भलिबलमा प्रथम हुनेले नगद रु ३० हजार, ट्रफि, मेडल र प्रमाण पत्र, द्दितीय हुनेले नगद रु १८ हजार, मेडल र प्रमाण पत्र हात पर्नेछन् |
त्यस्तै प्रौढ भलिबलमा प्रथम र दित्तीय हुनेले हुनेले खसी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् |
खुल्ला धनुषबाणमा प्रथम हुनेले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र दित्तीय हुनेले नगद रु ३० हजार, मेडल र प्रमाण पत्र, तृतीय हुनेले नगद रु १५ हजार, मेडल र प्रमाण पत्र जित्नेछन् | त्यस्तै सामुहिक नित्यमा प्रथम हुने नगद रु १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र दित्तीय हुनेले नगद रु १० हजार मेडल र प्रमाण पत्र, तृतीय हुनेले नगद रु ६ हजार, मेडल र प्रमाण पत्र पाउने छन् | भाले छुने प्रतियोगितामा एक जनाले भाले, मेडल र प्रमाण पत्र पाउने छन् भने स्लो बाइक रेस प्रतियोगितामा प्रथम हुने एक जनाले नगद रु ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ |

मेलाको अवसरमा पूजाआजा गर्ने, सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, एकआपसमा शुभकामना आदानप्रदान गर्ने, ताराखोला भेगमा प्रचलित सालैजो, यानिमाया, चुट्का लगायतका स्थानीय मौलिक कला, संस्कृति झल्कने खालका झाँकी तथा गीत र नृत्य पनि प्रदर्शन गर्ने साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहेने क्लवका अध्यक्ष ओम रोका मगरले जनामुखिन्युजलाइ बताउनु भयो ।
साथै अतिथि, खेल प्रेमी, कलाकार, बुद्धिजीवी, पत्रकार, तथा समस्त सम्पूर्ण दर्शकहरु महानुभावहरुलाई मेलामा उपस्थित भइ मेलालाई भव्य तथा उल्लासमय वातावरण सु-सम्पन्न गर्न सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ |
थप जानकारीको लागि:९८४७६३२२२६, ९८६४८९३२८२, ९८६६०८५११७



