२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

३ सय बर्ष पुरानो बरंजाको धुले मेला सुरू


सञ्चार डबली
  • बिहीबार , जेठ १७ २०८१
  • 12.6K
    SHARES

  • images
    ३ सय बर्ष पुरानो बरंजाको धुले मेला सुरू

    हरिकृष्ण गौतम

    २०८१ जेठ १७ गते 

    म्याग्दी जिल्लामा रहेकामध्ये पुरानो पर्व धुले मेलाको बरंजामा सुरू भएको म्याग्दीको मंगला गाउँपालिका वडा नं बरंजा गाउँमा तीनसय २० वर्ष पहिलादेखि लगाउन सुरु भएको मेलाको पहिलो दिन मंगलबार मेलाको पहिलो दिनपितृ चढाएर सुरुवात गरिएको मंगला गाउँपालिका-,बुकेनीस्थित गांम्फा युवा क्लबका संस्थापक अध्यक्ष दुर्गा रोकामगरले बताए ।  . 

    उनका अनुसार दोस्रो दिन बुधबार ¥याङ हाल्ने तेस्रो दिन होरे खेलेर धुले पर्व मनाउने पुरानो चलन रहेको

    धुले मेला मनाएपछि मगर समुदायका पितृ खुशी हुने किम्बदन्ती समेत धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाईछ। प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएको मेलालाई पछिल्लो पुस्ताले समेत निरन्तरतादिएको

    बरंजामा मानवबस्तीको विस्तारसँगै राम्जाली रोका,बझाङ्गी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती,दर्लामीघर्ती,सुतप्राइ घर्ती,बुढाथोकी फगामी घर्ती नौथरका पुर्खाहरु मिलेर घुम्दै हतियार धनुष बाण बोकेर जङ्गलीजनावरको सिकार गर्दै,तरुल,भ्याकुर खोजेर खादै आफ्ना पारिवार सहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्तरहेको भन्दै बसोबास गरेको इतिहास

    बरङ्जा क्षेत्रमा रहेका थरका ५४ कुरिया मगरहरुको देखि १३ पुस्तासम्म पुगेको पाइएकाले सरदरमा पुस्ता ४५वर्षका दरले बचेको भन्ने आधारमा पनि तीनसय २० वर्ष पहिलादेखि यस क्षेत्रमा धुले मेला लगाउने गरिएको ५४ कुरियामगर समुदायको भनाई आगादेव पूजामा अन्य समुदायको प्रवेश निषेध हुन्छ

    मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ तर कोतघर नजिक ५४ कुरिया बाहेककाकसैलाई पनि जान निषेध गरिन्छ बराङ्जाका घर्ती, रोका, बुढाथोकी पुन मगर समुदायका ५४ घरधुरीले आफ्नोक्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामाकरण भएको थियो

    म्याग्दी जिल्लामा परापुर्वकालदेखि नियमित सञ्चालन भइरहेको मेलाको रुपमा समेत चिनिने धुलेमेला पृत्रिकोसम्झना, पूरानो कला संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ पछिल्लोसमय ५४ घरधुरीले मनाउने धुले मेला सबै बरंजाबासीकोे पहिचान बनेको भने अन्य बस्तीमा बसोबास गर्नेहरु समेतपृत्रिको सम्झना गर्न मेलास्थलमा पुग्ने गरेको पाइन्छ

    मंगला गाउँपालिकाले धुले मेलालाई धार्मिक तथा पर्यटन प्रर्वधनमा समेत महत्वपूर्ण रहेकाले निरन्तर संरक्षणअभियानका सघाइरहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचिनकालको सुन्दर उपहार भएकोबताए उनले परापुर्वकालमा पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको एउटानमुना धुलेमेला भएको बताए

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend