२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जापानमा पलसँगै १५ सय दर्शकले हेरे ‘पुजार सार्की’


सञ्चार डबली
  • सोमबार, जेठ १४ २०८१
  • 9.5K
    SHARES

  • images
    जापानमा पलसँगै १५ सय दर्शकले हेरे ‘पुजार सार्की’

    २०८१, जेठ १४ गते

    बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘पुजार सार्की’को जापानमा ऐतिहासिक शोज भएको छ । जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५ सय दर्शकले एकसाथ फिल्म हेरेका छन् । 

    यो शोमा सहभागी हुनका लागि नायक पल शाह र लेखक विकास सुवेदी जापान पुगेका थिए । नाकानो जेरो हलमा भएको शोमा नै बसेर नायक शाहले फिल्म हेरेका थिए । पल शाह जापान पुगेपछि दर्शकको भिड लागेको थियो । उनीसँग तस्विर खिचाउनका लागि दर्शकको भिड देखिन्थ्यो । 

    यो शोपछि जापानमा अन्य ४ वटा शोहरु समेत गर्न लागिएको वितरकले बताएका छन् । यो शोका मुख्य आयोजक खिमराज शाहले जापानमा फिल्मले इतिहास कायम गरेको बताए ।

    दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुको मुख्य भूमिका छ । सुवास भुसालले निर्माण गरेको यो फिल्मको अन्तराष्ट्रिय वितरण भने एमएसएम इन्टरटेन्मेन्टले गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend