२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जापानमा प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 8.0K
    SHARES

  • images
    जापानमा प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने

    २०८१, जेठ १३ गते

    काठमाडौं । पर्वत समाज जापानको आयोजनामा जापानमा आगामी साउन तेस्रो साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएको छ ।

    पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार ९३ अगस्ट २०२४० प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ ।

    जापानमा रहेका भलिबल खेलाडीलाई सक्रिय राख्न, प्रवामिा रहेका नेपालीहरुबीच आत्मीयता बढाउन, खेलकुदको संरक्षणसँगै प्रवद्र्धन र नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउन प्रतियोगिता आयोजना गर्न लागिएका समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी गराए ।

    प्रतियोगिताको विजेताले ३ लाख ५५ हजार ५ सय ५५ जापानी येन, च्याम्पियन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख २२ हजार २ सय २२ येनसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेलाई १ लाख ११ हजार १ सय ११ येन र प्रमाण पत्र प्रदान गरिने छ ।

    यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिवेरो र प्रशिक्षक सम्मान पत्रद्धारा सम्मानित हुनेछन् । नकआउटका आधारमा हुने एकदिने प्रतियोगितामा सहभागिताका लागि ४० हजार येन दर्ता शुल्क तोकिएको छ ।

    पर्वत समाज जापानको टोलीमा नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका र आफ्नो समयमा घरेलु भलिबलमा चर्चा कमाएका देव माइला, मदन साउद, उमेश लामिछाने, बिकास केसी, निलम सिंहलगायतले खेल्नेछन् ।

    नेपालबाट पनि पछिल्लो समय चर्चामा रहेका खेलाडी ल्याउने प्रयास भइरहेको समाजका सहायक प्रशिक्षक जीवन क्षेत्रीले जानकारी गराएको छ । टोलीको प्रशिक्षकमा अध्यक्ष सुभास लामिछाने नै टिम व्यवस्थापकमा चकलेटी अर्जुन रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend