२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने थियागो सिल्भाको घोषणा


सञ्चार डबली
  • मंगलबार, वैशाख १८ २०८१
  • 9.0K
    SHARES

  • images
    यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने थियागो सिल्भाको घोषणा


    काठमाडौं ।  ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन् । ३९ बर्षिय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन् । उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन् ।उनी २०२० मा पिएसजीबाट फ्री–ट्रान्सफरमा चेल्सी आएका थिए ।

    चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवार जस्तै रहेको र आफुले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिएका छन् । भावुक हुदै सिल्भाले आफु कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गरे ।

    सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेलेका थिए भने ९ गोल पनि गरेका थिए । यस अवधिमा चेल्सीका लागि उनले एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप जितेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend