२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इटालियन सिरी एः इन्टर मिलानले जित्यो उपाधि


सञ्चार डबली
  • मंगलबार, वैशाख ११ २०८१
  • 8.6K
    SHARES

  • images
    इटालियन सिरी एः इन्टर मिलानले जित्यो उपाधि


    काठमाडौं । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।

    इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए ।यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।

    यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुदै सिरी ए को उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ ।

    इन्टर मिलानले योसहित सिरी ए को उपाधि २० पटक जितेको छ । सिरी ए को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ । युभेन्टसले २०१९–२० सिजन यता सिरी ए उपाधि जितेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend