२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसीसी प्रिमियर कपः नेपाल र साउदी अरेबियाबीचको खेल आज 


सञ्चार डबली
  • बुधबार, वैशाख ५ २०८१
  • 8.8K
    SHARES

  • images
    एसीसी प्रिमियर कपः नेपाल र साउदी अरेबियाबीचको खेल आज 


    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार मध्यान्ह्र पौने १२ बजेदेखि अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा हुनेछ । 

    ओमानमा जारी प्रदर्शनमा अपराजित रहँदै नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ यसअघि नै सेमिफाइनलमा पुगी सकेको छ । साउदी अरेबिया र नेपालको जारी प्रतियोगितामा पहिलो भेट हुँदैछ । ३ खेल खेलेको साउदीले  २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना भने कायमै रहेको छ ।

    जारी प्रिमियर कपमा नेपालले समूहको बलियो विपक्षी हङकङलाई हराउँदै सुधारिएको खेल देखाएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend