२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रामायण फिल्ममा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक, अरूलाइ कति ?


सञ्चार डबली
  • आइतबार, चैत २५ २०८०
  • 10.5K
    SHARES

  • images
    रामायण फिल्ममा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक, अरूलाइ कति ?


    काठमाडौं  । नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ । हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए ।यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । जसका लागि उनले राम्रै पारिश्रमिक पनि लिएका छन् ।

     नितेश तिवारीले ‘रामायण’लाई तीन भागमा बनाउन लागेको खबर छ । कोइ मोइ डटकमको रिपोर्ट अनुसार रणवीर कपुरले ‘रामायण’ को एक फिल्मका लागि करिब ७५ करोड भारु लिइरहेका छन् । अर्थात् उनलाई तीन फिल्मका लागि करिब २२५ करोड रुपैयाँ दिइनेछ । जहाँ सीताको भूमिका निभाउन लागेकी साई पल्लवीलाई एउटा फिल्मका लागि ६–८ करोड मात्रै दिइनेछ ।

     यशले फिल्ममा रावणको भूमिका निर्वाह गर्ने बताइएको छ । उनले एउटा फिल्मका लागि करिब ५० करोड भारु लिनेछन् । केही दिनअघि यश ‘रामायण’ को दोस्रो र तेस्रो किस्तामा मात्रै देखिने खबर पनि आएको थियो । जसका लागि उनलाई कुल १०० करोड रुपैयाँ दिइने छ । केजीएफ र ‘ब्रह्मास्त्र’ पछि यश र रणवीर कपुरको लोकप्रियता निकै बढेको छ ।

     हालै सामाजिक सञ्जालमा अरु केही तस्विरहरु बाहिर आएका छन् । अरु तस्बिरहरु सेयर भए पनि केहि समय पछि डिलिट भयो । फिल्मसँग सम्बन्धित कुनै पनि फुटेज वा कलाकारको लुक्स पहिल्यै सार्वजनिक होस् भन्ने निर्माताले नचाहने विश्वास गरिएको छ । त्यसैले सेटबाट कुनै पनि तस्विर लीक नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको छ । तर यति कडा सुरक्षापछि पनि सेटबाट केही भिडियो र तस्विरहरु बाहिरिएका छन् ।

     यसको आधिकारिक घोषणा यही रामनवमीमा गरिने बताइएको छ । मिडिया रिपोर्टमा यो ठूलो बजेटको मल्टीस्टारर फिल्म हुने दाबी गरिएको छ । जसमा बलिउडसँगै साउथका स्टारहरु पनि रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend