२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जितपछि लिभरपुल पुन: शीर्ष स्थानमा


सञ्चार डबली
  • शुक्रबार, चैत २३ २०८०
  • 8.1K
    SHARES

  • images
    जितपछि लिभरपुल पुन: शीर्ष स्थानमा

    २०८० चैत २३ गते

    काठमाडौं । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल पुनः लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

    एनफिल्डमा भएको खेलको १७ औं मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलका डार्विन नुनेजले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । दोश्रो हाफको ५८ औं मिनेटमा सेफिल्डलाइ आत्मघाती गोल उपहार दिएपछि खेल १-१ को बराबरीमा पुग्यो । लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले ७६औं मिनेटमा गोल गरेपछि लिभरपुल २-१ को अग्रतामा पुग्यो । खेलको ९० औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलको जित सहज बनेको थियो।

    घरेलु मैदानमा पछिल्ला २७ खेलमा अपराजित रहेको लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ । त्यसैगरी शेफिल्ड युनाइटेडको भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend