२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम : पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


सञ्चार डबली
  • आइतबार, चैत १८ २०८०
  • 7.9K
    SHARES

  • images
    आजको मौसम : पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    आइतबार, चैत १८, २०८०
    काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । विभागका अनुसार देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend