२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 ‘टाइटानिक’ फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी


सञ्चार डबली
  • बिहीबार , चैत १५ २०८०
  • 9.5K
    SHARES

  • images
     ‘टाइटानिक’ फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी


    काठमाडौं । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्म बारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ । सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएका थिए । हालै फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी गरिएको छ ।

    फिल्मको क्लाइमेक्स सिनमा रोजले टाइटानिक डुबेपछि काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् । हालै फिल्ममा प्रयोग गरिएको सोहि ढोका लिलामीमा ७ लाख १८ हजार ७५० डलरमा बिक्री भएको थियो ।

    हलिउड रिपोर्टरका अनुसार, लिलामीको समयमा धेरै फ्यानहरूले यो केवल काठको प्यानल ढोका भएको र फिल्म निर्माणका लागि बनाइएको सोचेका थिए । यद्यपि, हेरिटेज अक्सन ट्रेजर्सले यो ढोका वास्तविक टाइटानिकको प्रथम श्रेणीको लाउन्ज प्रवेश द्वारको माथि अवस्थित रहेको जानकारी दिएको छ ।

    यसबाहेक फिल्ममा रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि लिलामी गरिएको छ । यो एक लाख २५ हजार डलरमा बिक्री गरिएको छ ।

    हेरिटेज अक्सनले टाइटानिक फिल्मका यी सामाग्रीको अक्सनबाट कुल ८ लाख ४३ हजार ७५० डलर संकलन गरेको बताएको छ । अर्थात टाइटानिकमा प्रयोग भएको ढोका र अभिनेत्री केटको ड्रेसलाई नेपाली रुपैयाँ ११ करोड २५ लाख ३४ हजार ८१८ मा बिक्री गरिएको छ ।  

    सन् १९९८ को ओस्कार अवार्डमा ुटाइटानिकु ले १४ वटा मनोनयनमध्ये ११ अवार्ड जितेको थियो। यो जेम्स क्यामरुनको ुअवतारु, ुअवतारस् द वे अफ वाटरु र ुएभेन्जर्सस् एन्डगेमु पछि विश्वमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend