२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


सञ्चार डबली
  • बिहीबार , चैत १५ २०८०
  • 8.6K
    SHARES

  • images
    आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ, १५ चैत । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार, आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend