२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र हो : सुनील ग्रोवर


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 9.0K
    SHARES

  • images
    कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र हो : सुनील ग्रोवर

    काठमाडौं ।  ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् ।उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए ।

    ‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरुले बाटो बनाउँदै थिए । त्यहीकारण कपिल र मैले टेलिभिजन सामाग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौं’, उनले भनेका छन् ।

    उनले अगाडि भनेका छन्, ‘त्यो समयमा नेट्फ्लिक्स इण्डियामा नयाँ नयाँ आएको थियो । त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ ।’त्यही सोच अनुसार कपिलसँग झगडाको पब्लिक स्टण्ट गरेको उनको दाबी छ । यो शो नेट्फ्लिक्समा मार्च ३० मा प्रसारण हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend