२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० खेल आज  हुँदै 


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 7.8K
    SHARES

  • images
    नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० खेल आज  हुँदै 


    काठमाडौं । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ ।नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।  यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

     यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

    यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी(२० कप त्रिकोणीय सिरिज हुने छ ।नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend