२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पाकिस्तानका इमाद र आमिरले तोडे सन्यास


सञ्चार डबली
  • सोमबार, चैत १२ २०८०
  • 8.9K
    SHARES

  • images
    पाकिस्तानका इमाद र आमिरले तोडे सन्यास


    काठमाडौं ।  पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी–२० विश्वकप छनोटका लागि आफु उपलब्ध हुने बताएका छन् ।

    यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । अब मोहसिन नक्वीको नेतृत्वमा रहेको पाकिस्तान क्रिकेट बोर्डले उनलाई पुनरागमन गर्न मनाएको बताइएको छ ।

    यस अघि इमाद वासिमले आफ्नो सन्यास तोडेर टी–२० विश्वकपका लागि उपलब्ध हुने बताएका थिए । यस पटक इस्लामाबाद युनाइटेडलाई पीएसएल च्याम्पियन बनाउने इमाद वासिमले पनि सन्यास लिएर आगामी टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका हुन् ।आमिरले अगस्ट २०२० मा म्यानचेस्टरमा पाकिस्तानका लागि अन्तिम टी–२० खेल खेलेका थिए । उनलाई अब टी–२० विश्वकपका लागि बोलाइने क्याम्पमा राखिने सम्भावना छ । 

    छिट्टै ३२ वर्ष पुग्न लागेका आमिरले अहिलेसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी–२० खेल खेलिसकेका छन् । उनले सबै फर्म्याटमा जम्मा २५९ विकेट लिएका छन् । आमिरले टेस्टमा ११९ विकेट, एकदिवसीयमा ८१ विकेट र टी–२० मा ५९ विकेट लिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend