२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बहराइनसँग नेपाल पराजित


सञ्चार डबली
  • शुक्रबार, चैत ९ २०८०
  • 9.7K
    SHARES

  • images
    बहराइनसँग नेपाल पराजित

    काठमाडौं, ९ चैत । नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

    बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । 

    यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एच मा लगातार तेस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

    त्यस्तै बहराइनले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ६ अंक हासिल गरेको छ । यस अघि बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो । 

    अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ ।  

    दशरथ रंगशाला खेल लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend