२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एफ ए कपः चेल्सी र म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश


सञ्चार डबली
  • सोमबार, चैत ५ २०८०
  • 9.6K
    SHARES

  • images
    एफ ए कपः चेल्सी र म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

    काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो । 

    खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो । 

    पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २–१ को अबस्थामा ल्याउन सफल भयो।  चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २–१ को रोमाञ्चक अबस्थामा पुगेको थियो । 

    ६२ औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २–२ को बराबरीसँगै खेलमा फर्कियो । ७३ औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सिमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

    १० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४–२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३–२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४–२ को जित निकाल्यो ।
    यस्तै ओल्ड ट्राफोर्डमा पाहुना टोली लिभरपुललाई ४–३ गोल अन्तरले पराजित गर्दै  म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाउन सफल भयो । निर्धारित ९० मिनेटमा २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोे । जसमा युनाइटेडले २ गोल थप्दा लिभरपुलले १ गोलमात्रै फर्कायो ।

    घरेलु टोली युनाइटेडको जितमा स्कट मक्टोमिने, एन्टोनी र अमाद डियालोले समान एक एक गोल गरे ।  लिभरपुलका लागि एलेक्सिस एलिस्टर, मोहम्मद सलाह र हर्वो इलियटले गरेको गोल सान्त्वना बन्यो ।घरेलु टोली युनाइटेडका लागि खेलको १०औँ मिनेटमा स्कट मक्टोमिनेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा पाहुना टोली लिभरपुलका लागि एलेक्सिस एलिस्टरले गोल गर्दै खेल १–१ को अबस्थामा ल्याए ।

    त्यसपछि पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मोहम्मद सलाहले गोल गर्दै पाहुना टोली लिभरपुललाई २–१ को अग्रता दिलाए । खेलमा २–१ को जित नजिक पुगेको पाहुना टोली लिभरपुल अन्तिम ३ मिनेट सम्हालीन सकेन । घरेलु टोली युनाइटेडका लागि एन्टोनीले ८७ औं मिनेटमा गोल गर्दै खेल २–२ को रोमाञ्चक अबस्थमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    १०५औँ मिनेटमा लिभरपुलका लागि हार्भि इलिएटले गोल गर्दै ३–२ को अग्रता दिलाए । ११२औँ मिनेट युनाइटेडका लागि मार्कस रासफोर्डले गोल गरेपछि खेल ३–३ को रोमाञ्च अबस्थामा पुग्यो ।त्यसपछि दोस्रो हाफको ८६औं मिनेटमा मैदान छिरेका अमादले १२१औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ४–३ को रोमाञ्च जित दिलाए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend