२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रमुख युरोपेली क्लबका फुटबलर दुबइमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने


सञ्चार डबली
  • शुक्रबार, चैत २ २०८०
  • 7.9K
    SHARES

  • images
    प्रमुख युरोपेली क्लबका फुटबलर दुबइमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने


    काठमाडौं ।  युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् । नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन् । उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको अनुरोधमा दुबईमा पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    प्रमुख युरोपेली क्लब अजाक्स र सेभिल्ला र अहिले स्पार्टक मस्कोसँग अगाडी खेलेका प्रोमेसलाई नेदरल्यान्ड्सका अभियोजकहरूले करिब १,३६० किलोग्राम कोकिन तस्करी गरेको आरोप लगाएका छन् । सो लागुऔषध तस्करी अभियानको केन्द्रबिन्दुमा उनी समेत रहेको पुष्टी भए पछि नेदरल्याण्डको अदालतले उनको अनुपस्थितिमा नै ६ वर्षको जेल सजाय सुनाएको थियो । 

     ‘हामी यो बताउन चाहन्छौं कि दुबईमा एक स्वतन्त्र न्यायाधीशले अब डच सुपुर्दगी अनुरोधमा निर्णय गर्नेछन्’ उनका वकिलले भने, ‘सामान्यतया, सुपुर्दगी प्रक्रियाले धेरै समय लिन सक्छ र धेरै औपचारिक चरणहरू र आवश्यकताहरू समावेश गर्दछ, यो नेदरल्याण्डमा पनि पूर्ण रूपमा सामान्य छ। सुपुर्दगी प्रक्रियाको नतिजा र अवधि यस समयमा भविष्यवाणी गर्न सकिँदैन’३२ वर्षीया यी खेलाडी गत जनवरीमा दुबईमा स्पार्टक मस्कोसँग प्रशिक्षणका लागि आएका थिए । 

     सीएनएनले दुबई पुलिस, स्पार्टक मस्को र प्रोमेसको पीआर प्रतिनिधिलाई टिप्पणीको लागि सम्पर्क गरेको छ। प्रोमेसका वकिलहरूले उनले आफू विरुद्ध लागुऔषध ओसारपसारको आरोप अस्वीकार गर्दै आएका छन र नेदरल्याण्डले सुनाएको ६ वर्षको सजायको बिरूद्द अपील गर्नेछन्।
     
    गत वर्ष प्रोमेसलाई आफ्नो काकाको घुँडामा छुरा प्रहार गरेको आरोपमा उनको अनुपस्थितिमा छुट्टै दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend