२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 एसियन च्याम्पियन्स लिगः क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम


सञ्चार डबली
  • मंगलबार, फागुन २९ २०८०
  • 9.5K
    SHARES

  • images
     एसियन च्याम्पियन्स लिगः क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम


    काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो । पहिलो लगेमा १–० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४–३ को जित निकालेको थियो ।

    समग्रमा ३–३ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो । जसमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।   अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि नासर ४–३ ले विजयी हुँदा खेल समग्रमा खेल ४–४ को अवस्थामा टुंग्एिको थियो । 

    जसमा नासरका लागि रोनाल्डोलेमात्रै पेनाल्टीमा गोल गर्दा अरु खेलाडी असफल भएका थिए । अल एइनका सोउफिएन रहिमी, काकु र सुल्तान अल साम्सीले गरेको प्रहार गोलमा परिणत भएका थियो ।  जितसँगै अल एइन सेमिफाइनलमा प्रवेश गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend