२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा अस्ट्रेलियाद्वारा क्लीन स्वीप


सञ्चार डबली
  • सोमबार, फागुन २८ २०८०
  • 8.4K
    SHARES

  • images
    न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा अस्ट्रेलियाद्वारा क्लीन स्वीप


    काठमाडौं ।  अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २–० ले जितेको हो ।न्यूजील्याण्डले दिएको २७९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले टेस्टको पाँचौं दिन ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
     
    अस्ट्रेलियाको जितका लागि एलेक्स केरीले अविजित ९८ र पाट कमिन्सले अविजित ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका लागि मिचेल मार्शले महत्वपूर्ण ८० रन बनाएका थिए ।

     यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २५६ रन बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा ३७२ रन बनाएसँगै अस्ट्रेलियाले २७९ रनको लक्ष्य पाएको थियो ।

     योसँगै अस्ट्रेलियाले सिरिज २(० ले जितेको छ ।  यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका एलेक्स केरी बनेका छन् भने प्लेयर अफ द सिरिज न्यूजील्याण्डका माट हेनरी बनेका छन् ।हेनरीले २ टेस्टमा कुल १७ विकेट लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend