२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अमेरिकन मेजर लिगः इन्टर मियामी पराजित


सञ्चार डबली
  • सोमबार, फागुन २८ २०८०
  • 9.2K
    SHARES

  • images
    अमेरिकन मेजर लिगः इन्टर मियामी पराजित


    काठमाडौं । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामी पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक एक गोल गरेका थिए। 

    त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक एक गोल गरेका थिए।यस खेलमा लियोनेल मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रुपमा खेलेका थिए।

    इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो। यो हारपछि ४ खेलमा ७ अंक हासिल गर्दै इन्टर मियामी शिर्ष स्थानमा रहेको छ। त्यसतै मोन्टरियलको भने ३ खेलमा ७ अंक भएको छ र  लिगमा दोस्रो स्थानमा रहेको छ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend