२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिकोणात्मक टी–२० , वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो 


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 11.4K
    SHARES

  • images
    त्रिकोणात्मक टी–२० , वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो 

     


    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ । आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ । नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए । 

    चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ । जारी खेलमा पानी परेपछि खेल रोकिएको हो । आजबाट शुरु भएको नेपाल,पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३  तारिखमा । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend