२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 इंग्लिस प्रिमियर लिग: आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 9.3K
    SHARES

  • images
     इंग्लिस प्रिमियर लिग: आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा


    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको २८ खेलबाट ६४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ । आज लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दै छ ।

     यो खेलमा लिभरपुल विजयी भए पुनः शीर्ष स्थानमा फर्कने छ भने बराबरीले अंक बराबरी भए पनि दोस्रै स्थानमा रहने छ । शनिबार राति ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्दा डेकलन राइस र काभई हार्भेट्जले एक एक गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि योआन विस्साले एक गोल फर्काए ।

    १९ औं मिनेटमा बेन ह्वाइटको पासमा राइसले हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी टाइममा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न नसकेको बलमा विस्सालाई लागेर गोल भएपछि  खेल एक एकको बराबरीमा आएको थियो । ८६ औं मिनेटमा ह्वाइटको पासमा हार्भेट्जले गोल गरेपछि अन्ततः आर्सनल २–१ को नतिजाका साथ शीर्ष स्थानमा पनि उक्लन सफल भयो ।

    प्रिमिरय लिग अन्तर्गत वुल्भ्सले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलेको बराबरी खेलेका छन् । यस्तै क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् ।

    प्रिमियर लिग अन्तर्गत आज ४ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार पौने ७ बजे एस्टन भिल्ला र टोटनह्याम भिड्दा पौने ८ बजे ब्राइटन र नटिङघम फरेस्ट र वेस्टह्याम तथा बर्नले आपसमा भिड्ने छन् । यस्तै, राति साढे ९ बजे लिभरपुल र म्यानचेस्टर सिटीको खेल हुने छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend