२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साफ यू–१६ महिला फुटबलः आज नेपालको सामना भारतसँग हुँदै


सञ्चार डबली
  • बिहीबार , फागुन २४ २०८०
  • 11.0K
    SHARES

  • images
    साफ यू–१६ महिला फुटबलः आज नेपालको सामना भारतसँग हुँदै


    काठमाडौं । जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। 

    त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ। अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ।

    नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो।प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शिर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend