२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्डसले जित्यो उपाधि


सञ्चार डबली
  • मंगलबार, फागुन २२ २०८०
  • 11.0K
    SHARES

  • images
    त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्डसले जित्यो उपाधि


    काठमाडौं ।  त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 
     
    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २(२ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend