२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंग्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटी विजयी


सञ्चार डबली
  • सोमबार, फागुन २१ २०८०
  • 8.7K
    SHARES

  • images
    इंग्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटी विजयी

    २१ फाल्गुण २०८० सोमवार

    एजेन्सी – बहुप्रतिस्थित म्यानचेस्टर डर्बी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्तमा सिटीले बाजी मारेको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार बेलुका सम्पन्न खेलमा सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेड विरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको हो ।

    तर त्यसअघि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको आठौ मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

    सिटीले भने ५६औं र ८०औं मिनेटमा फोडेनले गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

    जित पछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अंक भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक रहेको छ । युनाइटेड भने २७ खेलमा ४४ अंक सहित छैठौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend