२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नामिबियालाई नेपालले दियो १८१ रनको लक्ष्य


सञ्चार डबली
  • शुक्रबार, फागुन १८ २०८०
  • 9.7K
    SHARES

  • images
    नामिबियालाई नेपालले दियो १८१ रनको लक्ष्य


    काठमाडौं । नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको हो ।

     नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

     त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।
        

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend