२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै


सञ्चार डबली
  • शुक्रबार, फागुन १८ २०८०
  • 7.5K
    SHARES

  • images
    टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै

    काठमाडौं, १८ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ ।

    यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ । नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

    अबका बाँकी खेलहरूः

    नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
    नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

    फाइनल, फागुन २२ गते मंगलबार ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend