२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सावित्रा भण्डारी बनिन् दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी


सञ्चार डबली
  • बुधबार, फागुन १६ २०८०
  • 12.1K
    SHARES

  • images
    सावित्रा भण्डारी बनिन् दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी


    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्। सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन्। ​ साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले करियरमा अर्को कोशेढुंगा पार गरेकी हुन्।

    सावित्राले ७६औं मिनेटमा गोल गरेकी थिइन्। उनले १–० गोलले पछि रहेको नेपालका लागि बराबरी गोल फर्काएकी हुन्।बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन्। २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन्। जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन्।

    उनको नाममा ९ गोल रहेको छ। सावित्राले समूहको पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्दा एक गोल गरिन्। दोस्रो खेलमा नेपालले इराकलाई ५–० ले पराजित गर्दा पाँचै गोल सावित्राले गरिन्। यही खेलमार्फत उनले ५० गोल पूरा गरेकी थिइन्। समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध उनले दुई गोल गरेकी थिइन्। उनी वाफ च्याम्पियनसिपमा गोल्डेन बुटको दाबेदार हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend