२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 त्रिकोणात्मक टी–२० सिरिजः  आज नेपाल र नामिबिया खेल्दै


सञ्चार डबली
  • मंगलबार, फागुन १५ २०८०
  • 9.6K
    SHARES

  • images
     त्रिकोणात्मक टी–२० सिरिजः  आज नेपाल र नामिबिया खेल्दै


    काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज आजदेखि सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज नामिबियासँग खेल्ने छ । आइसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज पछि फेरि एक पटक उनै टिम टी–२० फर्म्र्याटमा उत्रिन लागेका हुन् । 

    एक दिवसीय क्रिकेटमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सले नेपाल र नामिबियालाई एक एक खेलमा जितेको थियो । नेपालले नामिबियासँग एक दिवसीयमा ब्यहोरेको हारको बदला लिने प्रयास गर्दा नामिबिया पनि लगातार जित निकाल्न चाहन्छ । यसैगरी नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने छ ।  विहीबार नामिबिया र नेदरल्याण्ड्स आमने सामने हुने छन् भने शुक्रबार नेपाल र नामिबिया खेल्ने छन् । 

    यस्तै, शनिबार  नेपाल र नेदरल्याण्ड्स दोस्रो पटक आमने सामने हुने छन् । आइतबार नामिबिया र नेदरल्याण्ड्स दोस्रो पटक भिड्दा समूह चरणको खेल सकिने छ । शीर्ष २ टिमले फागुन २२ गते मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।  टी २० सिरिजका लागि नेपालले १८ सदस्यीय स्क्वाड यसअघि नै घोषणा गरिसकेको छ ।

    नेपाली टीम
    रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend