काठमाडौं, १४ फागुन । क्रिकेट एसोसियसन अफ नेपाल(क्यान)ले अब ‘ए’ ग्रेडका खेलाडीलाई एक लाख तलब दिने भएको छ ।
क्रिकेट संघकाे फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले ग्रेड अनुसार खेलाडीलाई तलब दिने भएको हो ।
संघले सन् २०२४ का लागि खेलाडीहरुको वर्गीकरण गर्दै ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
संघले पुरुष क्रिकेट खेलाडी तर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीलाई ४ समूहमा वर्गीकरण गरेको हो ।
कुन खेलाडी कुन ग्रडेमा ?
ग्रेड ‘ए’ – रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल
ग्रेड ‘बी’– कुशल मल्ल, गुलशन झा,भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ‘सी’ – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.
ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ
मर्जिङ क्याटोगर – दिपेश कंडेल , रुपेस सिंह , रिजन ढकाल , बिपिन खत्री , देब खनाल , अर्जुन घर्ती र हेमन्त धामी ।




