२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्डसबीच भिडन्त


सञ्चार डबली
  • आइतबार, फागुन १३ २०८०
  • 10.1K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्डसबीच भिडन्त


    काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैँछ ।त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ ।

     यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग– २ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।  

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

    लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग९२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend