२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्यानडा–११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 8.9K
    SHARES

  • images
    क्यानडा–११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज


    काठमाडौं । क्यानडा– ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा–११ ले सिरिज २–१ ले जितेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा–११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको थियो ।

    नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९–१९ रन बनाएका थिए । क्यानडा–११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २–२ विकेट लिएका थिए ।नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend